यात्रु लाइन लगाउने ट्राफिक अभियान

कार्यालय सुरु हुने र छुट्ने समयमा सधैं यात्रुको ठेलमठेल हुने बस स्टेशन बिहीबार भने शान्त र शालिन देखिए । यात्रुहरू सडकपेटीमा लाइनमा उभिरहेका थिए, ट्राफिकको हात–हातमा प्लेकार्ड लिएर उभिएका थिए । केही ट्राफिक माइकिङ गरिरहेका थिए – लाइनमा बसेर सवारी साधन चढौं, सभ्य यात्रु बनौं, आफ्नो स्टेशनमा बसेर यात्रा गरौं ।