बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री देउवालाई भन्यो– बालुवाटारलाई पार्टी कार्यालय नबनाउ

काठमाडौं। बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी निवास बालुवाटारलाई पार्टी कार्यालय नबनाउन भनेको छ। “नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थिा प्रधानमन्त्री निवास सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेस पार्टी बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिन खोजेका छन्,” बृहत् नागरिक आन्दोलनले भनेको छ। जनताबाट संकलित करको अपमान नगर्न बृहत् नागरिक आन्दोलनले सरकारको ध्यानाकर्षण समेत गरेको छ।