अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुँदै

काठमाडौं । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राप्रपा सहभागी हुने भएको हो । लिङ्देन उपप्रधानसहित कुनै एक मन्त्रालयको दाबीका साथ सरकारमा सहभागी हुने स्रोतले बतायो । यद्यपि राप्रपालाई कतिवटा र कुनकुन मन्त्रालय दिने भन्ने विषयमा निर्णय भने […]

सम्बन्धित सामग्री

लिङ्देनको तयारी

आज हुने मन्त्रिपरिषद् विस्तारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुँदै छ । राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वमा सरकारमा जाने तयारीमा छन् ।

लिङ्देनको तयारी

आज हुने मन्त्रिपरिषद् विस्तारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुँदै छ । राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वमा सरकारमा जाने तयारीमा छन् ।

ओलीको हिसाब 'एमालेले प्रत्यक्षमा कमसेकम १०५ सिट र समानुपातिकमा ५० सिट जित्छ'

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गरेका छन् । उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पु¥याउने दाबी गरे।शुक्रबार गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले आज दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै भने , “प्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ ।”पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आज दिनभर झापा क्षेत्र नं ५ मा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुँदै अगुवा कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशनसमेत दिएका छन्। अघिल्लो निर्वाचनको स्मरण गर्दै अध्यक्ष ओलीले भने, “अघिल्लो निर्वाचनमा हामीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेका थियौँ तर, दुईतिहाइ बहुमत ल्याउन एक सय ३८ सिट चाहिन्थ्यो । अहिले हामी एक्लै एक सय ५० सिट जित्ने योजनाका साथ अघि बढेका छौँ र जित्छौँ पनि ।”झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । झापा क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा हुनुहुन्छ भने झापा–५ मा ओली उम्मेदवारका रूपमा उभिएका छन् । उनले आम मतदातालाई झापा–३ मा हलोमा मतदान गर्न र झापा–५ मा सूर्य चिह्नमा मतदान गर्न आग्रहसमेत गरेका छन्।