वसन्त ऋतुमा नेपालको हिमाल चढ्न अनुमती पाउनेमा रुस, युक्रेनसहित देशका ७३८ आराही

काठमाडौं, ३ वैशाख । वसन्त ऋतुमा नेपालको हिमाल चढ्न अनुमती पाउनेमा विश्वका ७० देशका ७३८ आरोही छन् । पर्यटन विभागका अनुसार आरोहणको अनुमती पाउनेमध्ये १५५ महिला र ५८३ पुरुष छन् । सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका ११७ आरोही छन् । रुसका १९ र युक्रेनका १ आरोही छन् । ताइवानका १ आरोहीले चीनको प्रान्तको रुपमा अनुमती […]

सम्बन्धित सामग्री

हिमाल चढ्न हिँडे आरोही - Nepal Japan

हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु सुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीहरु ग

हिमाल चढ्न हिँडे आरोही

काठमाडौं । हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु सुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीहरु गन्तव्यतर्फ लागेका छन् । सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरी, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही त्यसतर्फ लागेका हुन् । पर्यटन विभागका अनुसार वसन्तऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न १६ हिमाल आरोहणका लागि ३६ आरोही समूहका ७४ […]

वसन्त ऋतु शुरू हुनैलाग्दा ठमेलमा पर्यटकको चहलपहल

काठमाडौँ, १९ फागुन : पर्यटकीय याम शुरू हुनैलागेको बेलामा संघीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल शुरू भएको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु शुरू भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको हो । नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रुपमा लिने गरिन्छ । वसन्त ऋतुको शुरूआतसँगै अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यको अवलोकनका लागि विश्‍वका विभिन्न मुलुकबाट पर्यटक आउन थालेका हुन् । सन् २०२० मा विश्‍वका विभिन्न मुलुकसहित नेपालमा शुरू भएको कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रले यो याममा थोरै भए पनि गति लिने अपेक्षा व्यवसायीले गरेका छन् । ठमेलको चाक्सिबारीमा अन्तर्राष्ट्रियस्तरको आयुर्वेद चिकित्सामार्फत पर्यटकलाई उपचार गर्दै आउनुभएका स्पा संघ नेपालका सचिव एवं जेन स्पाका सञ्चालक रामदेव महतो पछिल्लो समय नेपालको पर्यटन क्षेत्रले सकारात्मक मोड लिएको बताउँछन् । “अन्य समयमा दैनिक पाँच/सात जना स्पाका लागि आउँथे, पछिल्लो केही दिनदेखि २० देखि २५ जनासम्म आउने गरेका छन्, यो नेपाली पर्यटन व्यवसायीको लागि खुसीको कुरा हो”, उनले भने । क्यासिनोसहित काठमाडौँको ठमेलमा सञ्चालित पाँचतारे द मल्ल होटलका फुड एण्ड बेभरेज इञ्चार्ज राम पुडासैनी पछिल्लो समय होटलमा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको बताउँछन् । “पर्यटक याम शुरू भएर होला, मार्च महिनामा ६० प्रतिशतभन्दा बढी होटलका कोठा बुकिङ भएका छन्”, उनि भन्छन् ।  ठमेलमा डेढ दशकदेखि ह्याण्डिक्राप्टको व्यवसाय गर्दै आउनुभएकी नेपाल ह्याण्डिक्राप्ट कलेक्सनकी सञ्चालक मीनाकुमारी बाँस्तोला पर्यटकीय याम शुरू भएसँगै उलन, पश्मिना, फेल्टलगायतका सामग्रीको व्यापार बढ्ने विश्‍वास व्यक्त गर्नुहुन्छ । “कोरोना अगाडिजस्तो व्यापार छैन, पर्यटकको चहलपहलले आशा भने जागेको छ, सायद गत वर्षभन्दा यस वर्ष व्यापार पक्कै राम्रो हुन्छ”, उनि भन्छन् । ठमेलमा दरबार हेरिटेज होटल सञ्चालन गर्दै आउनुभएका दिनेश ढकाल फ्रेबुअरीदेखि होटलमा पर्यटकको सङ्ख्या बढेको बताउँछन् । “फेबु्रअरीमा हाम्रो होटलमा समग्रमा भन्दा ७० प्रतिशत हाराहारीमा होटलका कोठा भरिएका थिए, मार्चमा पनि ८० प्रतिशत भरिने आश हामीले लिएका छौँ”, ढकाल भन्छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष विमल धमला पछिल्लो समय ठमेलमा बाह्य पर्यटकको चहलपहल बढेको बताउँछन् । “पर्यटकीय याम शुरू भएर पनि होला, ठमेलमा यतिबेला पर्यटकको चहलपहल बाक्लोरुपमा देख्न सकिन्छ”, उनि भन्छन् । ठमेल पर्यटन विकास परिषद्का अनुसार ठमेलभित्र दुईहजारभन्दा बढी व्यवसायी आबद्ध छन् । ठमेलमा पर्यटकको चहलपहल भए पनि ढल र बिजुलीका तार बिच्छाउनका लागि सडक खन्दा पर्यटकलाई हिँडडुल गर्न समस्या भएको छ । ठमेल काठमाडौँ महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको अधिकाशं क्षेत्र भने २६ नं वडामा पर्छ । काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारी बाटोमा ढल हाल्दा बाटो बिग्रिएको बताउँछन् । एक हप्ताभित्र ठमेलमा बिग्रिएका सडक कालोपत्र गर्ने तयारी महानगरपालिकाले गरिरहेको उनिको भनाइ छ । काठमाडौँभित्र भित्रिने ८० प्रतिशतभन्दा बढी पर्यटक ठमेल घुम्नका लागि आउने गरेका छन् । ठमेललाई सफा र सुन्दर बनाउनका लागि महानगरपालिका लागिरहेको वडाध्यक्ष तिवारी बताउँछन् । वसन्त ऋतु साहसिक पर्यटनका लागि उपयुक्त समय हो । यो याममा हिमाल र पहाडी डाँडापाखा साथै नदीमा जलयात्राका लागि पर्यटकले रुचाउने गर्दछन् । यस्तै, पर्वतारोहणका लागि पनि नेपाल उपयुक्त मुलुक हो । सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गालगायतका आठ हजार मिटरभन्दा माथिका हिमशृङ्खलासमेत नेपालमा रहेका छन् । अधिकांश विदेशीले आरोहणका लागि सगरमाथा नै जान खोज्ने गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा गत वर्षको तुलनामा यसवर्ष फेबु्रअरी महिनामा बाह्य पर्यटक आउने सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । बोर्डका सूचना अधिकारी एवं निर्देशक मणिराज लामिछाने यस वर्षको फेबु्रअरीमा मात्र नेपालमा विभिन्न मुलुकबाट ९७ हजार ४२६ पर्यटक भित्रिएका छन् । गत वर्ष सन् २०२३ को फेब्रुअरीमा ७३ हजार दुई ५५ पर्यटक नेपाल भित्रिएका थिए । यो वर्ष फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डका अनुसार फेबु्रअरीमा २५ हजार पाँच सय ७८ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, चीनबाट नौ हजार एक सय ८०, अमेरिकाबाट नौ हजार ८९, थाइल्याण्डबाट चार हजार सात सय ९९, बेलायतबाट चार हजार पाँच सय ७१, बङ्गलादेशबाट चार हजार ९९, श्रीलङ्काबाट तीन हजार ६ सय ८४ पर्यटक नेपाल आएका छन् । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत बसाई १३ दिनसम्म हुने गरेको छ भने दैनिक खर्च ४५ डलरसम्म हुने गरेको पाइन्छ ।

सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही

काठमाडौँ – हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ। हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकूल मानिन्छ। त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरुको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ। आरोहणका लागि यतिखेर उल्लेख्य सङ्ख्याका आरोहीहरु सगरमाथा क्षेत्रमा पुगिसकेका छन्। पर्यटन विभागबाट आरोहण अनुमति लिएका उनीहरु यतिबेला सगरमाथाको […]

यो वसन्त ऋतुमा ताप्लेजुङ घुम्न जाने कि?

सन्तोष पुर्कुटी- ताप्लेजुङ : वसन्त ऋतु घुम्नका लागि उपयुक्त समय हो। चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा नेपालका थुप्रै ठाउँ हाम्रो रोजाइमा पर्न सक्छन्। तीमध्ये धेरैजसोको रोजाईमा पर्ने प्रमुख गन्तव्य सुदूरपूर्वमा रहेको जिल्ला ताप्लेजुङ पनि हो। विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार…

पदयात्रीलाई स्वास्थ्यसेवा उपलब्ध गराउन चिकित्सक टोली

काठमाडौँ, २६ चैत । हिमालयन उद्दार सङ्घले स्वदेशी तथा विदेशी पर्वतीय पदयात्रीको उपचारका लागि तीन ठाउँमा चिकित्सकसहितको टोली खटाइएको छ । वसन्त ऋतु सुरु भएसँगै हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटककोे उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्रका लागि उक्त टोली खटाइएको हो । सङ्घका प्रमुख कार्यकारी […]

नगरकोटबाट टिलिक्क टल्कियो हिमाल

काठमाडौं : वसन्त ऋतु लागेसँगै हिमाल खुल्न थालेका छन्। यहीबेला उपत्यकाबाट सबैभन्दा नजिक पर्ने हिमाल हेर्न पर्यटकहरु नगरकोट पुग्छन्। नगरकोटबाट गणेश, लाङटाङ, गौरी शंकर, ल्होत्से, मकालु हिमाल देख्न सकिन्छ। मौसम अनुकूल भए सगरमाथासम्म नगरकोटबाट देखिन्छ। आजकल नगरकोटमा बिहानै टल्किएको हिमाल हेर्न मानिसहरु पुग्ने गरेका छन्।

वसन्तकालीन हिमाल आरोहणको चहलपहल सुरु

वसन्त ऋतु सुरु भएसँगै पर्यटन विभागले हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको छ । हालसम्म वसन्तकालीन सिजनका लागि नौवटा टिमबाट ६८ आरोहीले आधा दर्जन हिमाल आरोहणको अनुमति पाएका छन् । जसमा...

९५३ विदेशीले लिए आरोहण अनुमतिः ४७ करोड हिमाली दस्तुर संकलन

काठमाडौं, जेठ २ । कोभिड–१९ महामारीले २ वर्ष सुस्ताएको पर्वतीय पर्यटन यो वर्ष भने लयमा देखिएको छ । पर्वतारोहणका लागि उपयुक्त मानिने स्प्रिङ सिजन (वसन्त ऋतु) शुरू भएयता सगरमाथासहित २५ ओटा हिमाल तथा चुचुरा (पिक) आरोहण गर्न हालसम्म ९५३ जनाले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्यांकअनुसार गत आइतवारसम्म विभिन्न देशका ९५३ पर्वतारोहीलाई हिमाल तथा […]

आरोही धमाधम हिमालतिर

काठमाडौँ । हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु  शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर