प्रधान सेनापति प्रभुराम शर्माले नेपाली युवालाई विदेशी सेनामा भर्ती नहुन आग्रह गर्नुभएको छ । नवलपुरको हात्तीखोलमा रहेको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८ औँ ब्याच सिनियर डिभिजन एनसिसी तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले यस्तो आग्रह गर्नुभएको हो । युक्रेनसँगको लडाइँका कारण रुसी सेनामा भर्ती भएका नेपालीको अवस्था कस्तो छ भन्ने सबैले बुझेको भन्दै प्रधान सेनापति शर्माले कुनै पनि हालतमा विदेशी सेनामा भर्ती नहुन एनसिसी तालिमका सहभागीलाई आग्रह गर्नुभयो । “देशमा केही हुन्न र हुन सक्दैन भन्ने गलत भास्य निर्माण गर्दै विभिन्न देशमा जोखिमपूर्ण कार्य गर्न जाने अग्रसरता कम्तीमा पनि तपाईंहरूबाट प्रदर्शित हुने छैन भन्ने विश्वास लिएको छु,” प्रधान सेनापति शर्माले भन्नुभयो, “मैले इङ्गित गर्न खोजेको विदेशी सेनामा कुनै पनि हालतमा नजानु होला, मेरो विशेष आग्रह छ ।”
कतारमा नेपाली श्रमिकहरूको उपस्थिति ठूलो संख्यामा छ । वर्षेनी कतारबाट करोडौँ रेमिटयान्स भित्रिन्छ । त्यहीँ कतारको रेमिटयान्सले धेरै नेपालीले माना र छाना फेरेका छन् । त्यहाँ रहेका नेपालीको अवस्था कस्तो छ र कस्ता कस्ता काम गर्छन् ? यही सन्दर्भमा करिब दुई दशकदेखि कतारमा बस्दै आएका र 'मैले देखेको कतार' पुस्तकका लेखक मोहम्मद ...