वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा अबरोध नआउने दाबी

काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ। कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो।

सम्बन्धित सामग्री

वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा अबरोध नआउने दाबी

काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ। कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो।

‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’

काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो ।

‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’

काठमाडौं महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । उचित व्यवस्थापनका लागि आवश्यक तयारी पूरा भएकाे महानगरको भनाइ छ ।

‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’

काठमाडौं महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । उचित व्यवस्थापनका लागि आवश्यक तयारी पूरा भएकाे महानगरको भनाइ छ ।

अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

सरकारले केही समय पहिले दु्रत मार्ग (फास्ट ट्र्याक) बाट ठेक्का लगाएर फोहर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ।

२ दिन काठमाडौँ उपत्यकाको फोहोर नउठ्ने

सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ ।नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहरको कारण बञ्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले आज र भोलि फोहर लाने काम रोकिएको हो । सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहरको डङ्गुर पार गर्नुपर्ने बाध्यता छ ।वर्षाको समय सुरु भएसँगै फोहर कुहिन थालेको छ । कुहिएको फोहर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ । कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहरका गाडी जान सकेका छैनन् ।सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । बर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहर व्यवस्थापन हँदै आएको छ । हरेक वर्ष वर्षात्को समयमा नियमित पानी पर्न थालेपछि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य समस्या बन्दै आएको छ ।गत फागुनदेखि जेठ सम्ममा सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध नै फैलिएको थियो । सिसडोल बञ्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग कामपाले १८ बुँदे सहमति गरी फोहर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बनेपनि बाटोको कारण सहज भने भएको छैन ।यसैबीच कामपाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ । विभागका अनुसार फोहर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक रु पाँच सय जरिवाना गरिनेछ ।

वर्षाका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या

काठमाडौँ। केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडमा समस्या आउँदा नियमित रुपमा फोहरका गाडीहरू जान सकेका छैनन् । सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहरको गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । पानीको कारण बाटो अवरोध हुँदा अहिले […]

अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

अब वर्षाको सयममा सडककै कारण काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रसाेधन केन्द्र लैजान नरोकिने भएको छ ।