सल्यान : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभाको निर्वाचनपछि गठबन्धनकाे सरकार बन्ने दाबी गरेका छन्। उनले निर्वाचनमा गठबन्धनको अत्याधिक बहुमत आउने र त्यसपछिको सरकार गठबन्धनकै बन्ने दावी गरेका हुन्। चुनावी सभालाई सम्बोधन गर्न जुम्ला जान लागेका पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले मंगलबार बिहान सल्यानमा पत्रकारहरुसँग कुराकानी गर्दै केपी ओलीले जनताको त्याग तपस्या र वलिदानबाट प्राप्त संविधान मिच्नुका साथै व्यवस्थालाई ध्वस्त गर