‘खेरसनमा रुसले गर्यो ४ सयभन्दा बढी युद्ध अपराध, सर्वसाधारणको शव भेटियो’

एजेन्सी । रुसी सेना खेरसनबाट पछि हटिरहेको छ । खेरसन सहर पुनःप्राप्त गरेपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने,‘यहाँका अनुसन्धानकर्ताहरूले ४०० भन्दा बढी रूसी युद्ध अपराधहरू पत्ता लगाएका छन्। रुसको कब्जाबाट मुक्त गरिएको खेरसन क्षेत्रका सैनिक र सर्वसाधारण दुवैको शव फेला परेको छ ।’