मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा नेपालका दुई मित्र राष्ट्रहरू अमेरिका र चीनको स्वार्थसहितको टकराव सतहमा आएको छ ।
अमेरिकी सहयोग सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे राजनीतिक दलहरू खिचातानीमा रहेको बेला अमेरिका र चीन नेपालको मामिलामा आमनेसामने भएका छन् ।
मित्र राष्ट्रले दिएको अनुदान लिने कि नलिने भन्ने निर्णय नेपालले सार्वभौमरूपमा लिन पाउनुपर्ने हो तर, वासिङ्टन र बेइजिङले एमसीसीबारे काठमाडौंमा दबाब सिर्जना गरिरहेका छन् ।
अमेरिकाले दिएको अनुदानको सम्झौता संसदबाट अनुमोदन नभए चिनियाँ प्र...