एमाले महासचिव ईश्वर पोखरेलले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा जस्ताको तस्तै फर्काउन नसकिने बताएका छन् । एमाले काभ्रे जिल्ला कमिटीले बनेपामा शनिबार गरेको कार्यकर्ता भेलामा उनले एकताको भावनालाई आत्मसात् गरेर माओवादी केन्द्रबाट आएकाहरूलाई कमजोर र हतोत्साही बनाउने कुरा गर्न नहुने पनि बताए ।