काठमाडौं : दशैँ भन्ने बित्तिकै धेरैले रातो टिका र जमरालाई सम्झने गर्छन। विजयादशमीको दिन मान्यजनले आर्शिवाद सहित रातो टिका र जमरा लगाइदिने परम्परा छ।घटस्थापनाका दिन घरको सूर्यको प्रकाश नपर्ने अँध्यारो स्थानमा शुद्ध माटोमा जौ,मकैलाई जमराको रुपमा छर्ने गरिन्छ। धार्मिक हिसाबमा जमरा राख्ने आफ्नै आफ्नै सँस्कृति छ। यसरी घटस्थापनाका दिन विभिन्न धार्मिक विधि अपनाएर राखिएको पहेँलो जमरा टीकाको दिन टोपी भित्र,टाउकोमा कपालभित्र वा कानमा आशीर्वाद दिदैँ मान्यजनहरूले लगाइदिने परम्परा रहेको छ। ध