नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं :  नेपाल प्रहरीका पाँच डीआईजी एआईजी बढुवाका लागि सिफारिस भएका छन्।गृहमन्त्रालयको बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा पाँचजनाको नाम सिफारिस गरेको हो।बढुवा सिफारिस हुनेमा  अरुणकुमार बिसी, दिवेश लोहनी, उत्तमराज सुवेदी, मुकुन्दराज आचार्य र पूजा सिंह छन्।