एकान्तकुना र वीरगञ्जमा दर्ता दुई गाडीको इन्जिन र चेसिस नम्बर एउटै

यातायात व्यवस्था विभागको सवारी दर्ता किताब (लगत ढड्डा)मा एउटै इन्जिन र चेसिस नम्बरको सवारी दुई फरक–फरक कार्यालयमा दर्ता भएको खुलेको छ । कर्मचारीलाई आर्थिक प्रलोभनमा परेरर चोरीको भारतीय गाडी विभागको सवारी दर्ता किताबमा लगत कायम गरिएको हो ।