प्राचीन, ऐतिहासिकता बोकेको मध्यपहाडको एउटा सहर– बनेपा। यहाँ १ सय २२ वर्षअघि सुरु गरिएको ‘कन्या–पूजा’ (रजस्वला नभएका दश वर्षमुनिका कन्यालाई) लाई निरन्तरता दिइँदै आइएको छ। कन्या–पूजा बनेपा नगरको पुरानो बजारमा वर्षैपिच्छे कृष्ण जन्माष्टमीका दिन गरिन्छ।
काभ्रे। व्यापारिक र ऐतिहासिक नगरी बनेपा र जिल्ला आसपासका विभिन्न क्षेत्रमा कृष्ण अष्टमीको अवसरमा कन्याहरू पुजिएका छन् । १ सय २० वर्ष अघि सुरु भएको ऐतिहासिक बृहत् कन्या पूजा बनेपामा सम्पन्न भएको हो । बनेपामा भएको कन्या पूजामा प्रति कन्या चार सय रुपियाँ बराबरका सामाग्री उपलब्ध गराइएको छ । ८ हजार कन्याका लागि बनेपामा ३ […]
दुई वर्षदेखि रोकिएको कन्या–पूजालाई यस वर्षदेखि निरन्तरता दिइने भएको छ । एक सय २० वर्षदेखि भाद्र कृष्ण जन्माष्टमीको दिन काभ्रेपलाञ्चोकको बनेपा नगरमा कन्याको पूजा गरी मनाइँदै आएको उक्त पूजा कार्यक्रम कोरोना महामारीका कारण विगतका दुई वर्ष स्थगित गरिएको थियो ।सनातन कन्या–पूजा प्रबन्ध समितिले एक सय २० वर्षदेखि निरन्तर यस पूजाको आयोजना गरी रजस्वला नभएका (१० वर्षमुनिका कन्या)लाई पुज्दै आएको छ । समितिले गएका दुई वर्ष कन्या–पूजालाई परम्परामै सीमित गरेको थियो । यस वर्षको कन्या–पूजा
काठमाडौं । काठमाडौको हनुमानढोका परिसरमा एक सय आठ कन्याको पूजा गरिएको छ । काठमाडौ, ललितपुरका कन्याहरुको पूजामा सहभागिता थियो । ह्वील क्लब अफ कीर्तिपुर, ह्वील क्लव आफ टोखा, ह्वील क्लव अफ कीर्तिपुर मिलेनियल्स, ह्वील क्वल अफ महालक्ष्मी ललितपुरलगायतका क्लवहरुले बर्षेनी सामूहिक रुपमा कन्या पूजा गर्दै आएका छन् । कन्याहरुको सुख शान्ति र उनीहरुको मनोकांक्षा पुरा […]
काभ्रेपलाञ्चोक- यस वर्ष पनि बनेपामा कन्यालाई नपुजिने भएको छ । एक सय १९ वर्षदेखि हुँदै सो पूजामा रजस्वला नभएका कन्यालाई पुज्दै आइएको थियो । कोरोना भाइरसको जोखिमका कारण यसवर्ष पनि कन्या पूजा रोकिएको सनातन कन्या पूजा प्रबन्ध समितिले जनाएको छ । समितिले गत वर्ष पनि कन्या पूजालाई परम्परामै सीमित गरेको थियो । कन्या पूजा कृष्ण […]