आयातमा खुकुलो नीति लिँदै राष्ट्र बैंक, निर्माणजन्य वस्तुको एलसी मार्जिन हट्यो

नेपाल राष्ट्र बैंकले आयातमा खुकुलो नीति लिने भएको छ । शुक्रबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले निर्माणजन्य वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको हो । परिपत्र ०१/२०७८ को दफा १.१७ को उल्लिखित तालिकाको क्र.सं.१३ को हार्मोनिक कोड (शुरुका अंक) ६८ लाई हटाइएको बैंकले जनाएको छ । सो कोड अन्तर्गत टायल्स, मार्बल, ग्रेनाइट, स्लेट, ढुंगा, सेरामिक्स, ढुंगा, इटा लगायतका वस्तुहरु पर्छन् । यसअघि यस्तो वस्तुमा ५० प्रतिशतको नगद मार्जिनको व्यवस्था रहेको थियो ।यस्तै, बैंकले सार्वजनिक निकाय