पर्सा : कोरोना भाइरस संक्रमणबाट पर्सामा थप एकजनाको मृत्यु भएको छ। नारायणी अस्पतालमा उपचाररत ४२ वर्षीय संक्रमित पुरुषको बुधबार बिहान ९:५८ बजे मृत्यु भएको हो।मृतक सर्लाहीको मलंगवा-२ का वासिन्दा रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजशोसन दासले बताए। मंगलबार अस्पतालमा भर्ना भएका ती पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो। उनको गम्भीर प्रकारको निमोनियाका कारण मृत्यु भएको डा. दासले बताए।कोरोनाको दोस्रो लहर सुरू भएपछि पर्साका निजी र सरकारी अस्पतालमा सातजना मृत्यु भइसकेको छ। तीमध्ये नारायण