जथाभावी औषधीय प्रयोगले ‘कालो ढुसी’ ! खतराबाट जोगिन के हो आयुर्वेद विधि ?

अहिले भारत र नेपालमै पनि कोभिडका बिरामीमा कालो ढुसीको समस्या देखिएको र त्यसकै कारणले ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ । कालो ढुसीको प्रमुख कारणमा कोभिड हुँदा प्रयोग गरिएका एन्टिबायोटिक र स्टेरोइड प्रमुख हुन् । यिनीहरूको जथाभावी प्रयोग नगर्न भनिएको छ । यद्यपि तीबाहेक अन्य कारणहरू पनि हुन सक्छन् । अहिले होम आइसोलेसनमा रहेका र प्रायः हामी सबैले इम्युनिटी बढाउन विभिन्न जडिबुटीको प्रयोग गरिरहेका छौं । अचम्मको कुरा के छ भने अपवादबाहेक सबैले सुनेको, सामाजिक सञ्जालमा हेरेको/देखेको र विज्ञापनको भरमा जडिबुटी र आयु...