नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिकः उत्कृष्ट डिजाइनरले पाए १ लाख नगद पुरस्कार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गर्दै उत्कृष्ट जर्सी डिजाइन प्रतिस्पर्धाको विजेताको नाम समेत घोषणा गरेको छ । डिजाइनर आदर्श पोखरेलले डिजाइन गरेको जर्सी उत्कृष्ठ ठहर भएको हो ।क्यान र माई सेकेण्ड टिचरले गत महिना संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरी जर्सी डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको थियो । जर्सी छनोट समि