ओलीको प्रश्न : यो सरकार परमादेशबाट ल्याउनुभएको होइन ? परमादेश संघर्ष हो ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले वर्तमान सरकार कुनै संघर्षबाट नआएको दाबी गरेका छन् । मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई लोकतान्त्रिक भन्न नसकिने बताए । ‘अलोकतान्त्रिक विधिबाट आएको सरकार हो यो । यो सरकार लोकतान्त्रिक भन्न सकिँदैन, संवैधानिक भन्न सकिँदैन,’ उनले भने, ‘आउने बित्तिकै पहिल्यै भूमिहीन सुकुम्बासीमाथि बन्चरो चलायो, कसको सरकार भन्ने कुरा यसबाट देखिँदैन ?’ संयुक्त सरकारको सा...