काठमाडौँ । सभामुख डीपी अर्यालले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्तिको केही अंश प्रतिनिधि सभाको अभिलेखबाट हटाउन निर्देशन दिएका छन्। प्रतिनिधि सभाको आज बसेको बैठकमा सभामुख अर्यालले भदौ २६ गतेको बैठकमा सांसद सुनारले प्रयोग गरेको निश्चित शब्दावली हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्। सभामुख अर्यालले […]