माटोमुनिबाट बालिका रोएको आवाज आएपछि सशस्त्र प्रहरीको टोलीले गर्‍यो उद्धार

भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवाको गोसाईंकुण्ड गाउँपालिका-२ टिमुरेमा माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले उद्धार गरेको छ। शुक्रबार साँझ करिब ६ः१५ बजे टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी सुरु गरेको थियो। खोजीका क्रममा माटोमुनि पुरिएको अवस्थामा बालिकालाई फेला पारेर उद्धार […]