कान्ति राजमार्गको स्तरोन्नति तिब्र: ५० प्रतिशत भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दाबी

काठमाडौँ । संघीय राजधानी काठमाडौँलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा रहेको कान्ति राजमार्गको स्तरोन्नति कार्यले तिब्रता पाएको छ । राजमार्गलाई फराकिलो बनाउने, कटिङ गर्ने र मोड सुधार गर्ने कार्यका लागि कान्ति राजमार्ग सडक योजनाले तीन खण्डमा विभाजन गरी निर्माण प्रक्रिया अगाडि बढाएको छ । यस राजमार्गको कुल लम्बाई ८० किलोमिटर रहेको छ । हेटौँडाको […]