अमेरिकामा कानुनी स्थायी बासिन्दा अर्थात् ग्रीनकार्डवाहकहरूले अन्य गैरनागरिकको तुलनामा धेरै कानुनी अधिकार पाउँछन्। तर ग्रीनकार्ड हुँदैमा उनीहरू गिरफ्तारी, सोधपुछ वा देशनिकालाको प्रक्रियाबाट पूर्ण रूपमा सुरक्षित भने हुँदैनन्। सामान्य ट्राफिक जाँच, विगतको आपराधिक अभिलेख वा कुनै कानुनी कागजातमा गलत तरिकाले हस्ताक्षर गरेको कारणसमेत अध्यागमनसम्बन्धी समस्या उत्पन्न हुन सक्ने भन्दै अमेरिकन इमिग्रेसन लयर एसोसिएसनले ग्रीनकार्डवाहकहरूलाई अमेरिकाभित्र यात्रा […]