काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीचको भेटवार्ताले नेपाली राजनीतिमा चर्चा पाएको छ। रवि कारागारबाट छुटेपछि देखिएको राजनीतिक सक्रियता र बालेनसँगको भेटलाई राजनीतिक वृतमा चुनावी सहकार्यका रुपमा चर्चा गरिएको छ। यो चर्चायोग्य भेट कमलपोखरीस्थित निवर्तमान सांसद एवम् रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा भएको हो। […]