सोनिया गान्धीको पुस्तकले के-कति बताउँछ र के-कस्ता कुरा बताउँदैन ?

पुस्तकको एउटा महत्त्वपूर्ण उपलब्धि कांग्रेसका राजनीतिक कठिनाइ र भाजपाको उदयबारे गरिएको विवरण हो । सोनियाले बुझिसकेकी थिइन् कि आफ्नै संगठनको शक्तिका भरमा मात्र अब कांग्रेसले भाजपालाई पराजित गर्न सक्दैन ।