सुनको असर्फी तथा चाँदीका मेडालियन किन्नेको भीड

काठमाडौं– नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा बिहीबारदेखि सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री सुरू गरेपछि बबरमहलस्थित टक्सार महाशाखामा भीड लागेको छ ।  सर्वसाधारणले शुक्रबारसम्म प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी, लक्ष्मी र गणेश अंकित १० ग्रामका चाँदीका दुई थान मेडालियन खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।  तस्बिर : नेपाल फोटो लाइब्रेरी