दशैँका लागि काठमाडौँ छाड्नेको संख्या तीव्र, सडक अवरोधका कारण यातायात व्यवस्थापनमा सकस

काठमाडौँ । काठमाडौँ उपत्यकामा अध्ययन, रोजगारी र व्यवसायका सिलसिलामा बसोबास गर्दै आएका सर्वसाधारण दशैँ मान्न गाउँ फर्कने क्रम तीव्र बनेको छ। चाडपर्व मनाउन घर फर्किने यात्रुहरूको चाप बढेसँगै उपत्यकाका मुख्य नाकाहरूमा चहलपहल ह्वात्तै बढेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टाभित्रमा विभिन्न नाका हुँदै कुल ५६ हजार ८०९ जना यात्रु उपत्यकाबाट बाहिरिएका […]