दसैँ नजिकिएसँगै बाँकेको नेपालगञ्जमा नवदुर्गाका मूर्ति बनाउने कालिगडको व्यस्तता बढेको छ। घटस्थापनादेखि टोलटोलमा माटोका मूर्ति स्थापना गरी नवदुर्गाको पूजाअर्चना गर्ने परम्पराका कारण मूर्तिकारहरू निर्माणको अन्तिम तयारीमा जुटेका हुन्। नेपालगञ्ज उपमहानगरपालिका–८ का अङ्कित मिश्र एक महिनादेखि मूर्ति निर्माणमा व्यस्त छन्। पराल, बाँस, माटो, भुस र दाउरा प्रयोग गरेर बनाइएका दुर्गा, लक्ष्मी, गणेश र कार्तिकेयका मूर्तिसँगै विभिन्न […]