भोटेकोशी बाढीको क्षति यकिन गर्न २५ सदस्यीय समिति गठन, एक महिनाभित्र विवरण सङ्कलन गर्ने

भोटेकोशी बाढीबाट रसुवामा भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन गर्न २५ सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन गरिएको छ। समितिलाई एक महिनाभित्र बाढीबाट भएको प्रारम्भिक क्षतिको विवरण सङ्कलन गर्ने कार्यादेश दिइएको छ। जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको अध्यक्षतामा मंगलबार […]