मकवानपुर– बकैया गाउँपालिका-११ पिपलडाँडा लेक बस्ने ४२ वर्षीय ज्ञान बहादुर गोलेको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित पोलबाट बाटोमा लत्रिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।