जलेश्वरको महालिङ्गमा विशेष सरसफाइ

शिवरात्रि आउनै लाग्दा शिव स्वयम्ले स्थापना गरेको भनिएको महालिङ्गमा उनी आइसकेको ठानी जलेश्वरमा विशेष सरसफाइ गरिएको छ । कलश शोभायात्रा सोमबार र विशेष महाशिवरात्रि पूजा मङ्गलबार गरिँदै छ । शिवपुराणमा भनिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयं’( जलेश्वर महालिङ्ग रुद्र स्वयंले स्थापना गरेका हुन्)।