जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय काँग्रेस केन्द्रीय कार्यालय वरिपरिको सुरक्षा व्यवस्था बुझ्न सानेपा पुगेका छन् । बिहीबार अपरान्ह उपाध्याय सहितको टोली सानेपा पुगेको हो ।काँग्रेस केन्द्रीय कार्यालयमा अहिले १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदका उम्मेदवारहरूको मतगणना जारी छ ।