सप्तरीमा हत्या आरोपित ५ जना पक्राउ

सप्तरीको खडक नगरपालिका–९ का ७० वर्षीय दाउद मियाँको हत्या आरोपमा सप्तरी प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका–९ का ३२ वर्षीय नजबुल मियाँ, सोही ठाउँका ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय इजराइल मियाँ, ५५ वर्षीय वालिस भनिने कालिस मियाँ र उनको छोरा ३२ वर्षीय जाकिर मियाँलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।वैदेशिक रोजगारीमा भएको ठगीका कारण उत्पन्न विवादका क्रममा गत शुक्रबार दाउदको हत्या भएको थियो ।  घटनापछि फरार आरोपितहरुला