गोदावरी नगरपालिकाको कृषि अनुदानमा किसानको गुनासै गुनासो

ललितपुर–गोदावरी नगरपालिकासँग स्थानीय किसानको गुनासो नै गुनासो रहेको पाइएको छ । चापागाउँमा आयोजित ‘स्थानीय जनप्रतिनिधिसँग कृषकका कुरा’ विषयक कार्यक्रममा किसानहरुले मेयर जगेन्द्र महर्जनसँग दर्जनौं गुनासा सुनाए । ललितपुर लेलेका किसान रामकृष्ण श्रेष्ठले आफूले नगरपालिकाले वितरण गर्ने बिउ, मल र कृषि औजारजस्ता समाग्री नपाएको दुःखेसो पोखे । उनले किसानले फम दर्ता नगरी अनुदान नपाउने र अनुदान […]