लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र रुपन्देहीमा स्तरीय सडक सञ्जाल बिकाससँगैं सवारी साधन दुर्घटना न्यूनीकरण गर्न एक सातासम्म लेन अनुशासन सिकाइने भएको छ । जिल्ला प्रशासनको अगुवाई र ट्राफिक प्रहरीको समन्वयमा ‘मेरो सवारी, मेरो लेन’ नारासहित साताव्यापी जनचेतना कार्यक्रम सुरु गरिएको हो ।