अन्तर्राष्ट्रिय हेड एन्ड नेक क्यान्सर दिवसका अवसरमा काठमाडौंमा गोष्ठी
जुलाई २७ लाई विश्व हेड एण्ड नेक क्यान्सर दिवसका रुपमा मनाइन्छ। काठमाडौं क्यान्सर सेन्टर र क्यान्सर सपोर्ट एण्ड अवेयरनेस नेपालले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो।
शनिबार राजधानीको एक होटलमा सेन्टरले हेड एन्ड नेक क्यान्सरका क्षेत्रमा भइरहेका काम, आगामी दिनमा गर्नुपर्ने कामहरु र यस क्षेत्रमा भइरहेका उपलब्धी लगायतका विषयमा अनुभव आदान प्रदान गर्न गोष्ठी गरेको हो।
अन्तर्राष्ट्रिय हेड एन्ड नेक क्यान्सर दिवस २०२२ को अवसरमा काठमाडौंमा एक गोष्ठी आयोजना गरिएको छ।कार्यक्रममा मुख र घाँटीको शल्यक्रिया तथा दन्त शल्यक्रियाका ५० भन्दा बढी विशेषज्ञहरूको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य विषय शल्यक्रिया पछिको पुनर्निर्माणमा सर्जरी थियो। चुरोट र रक्सीको प्रयोग गर्नेहरूमा मुख र घाँटीको क्यान्सर बढि देखिन्छ । मुख र घाँटीका क्यान्सरका विभिन्न बिरामीहरुको उपचार कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दै विशेषज्ञहरूले आफ्नो अनुभव आदान प्रदान गरेका थिए