काठमाडाैं : हनुमन्ते खोला करिडोरमा अवस्थित भौतिक संरचना हटाउन डोजर चलाइएपछि स्थानीयले आपत्ति जनाएका छन्। आइतबार हनुमन्ते खोला करिडोरभित्र पर्ने केही भौतिक संरचनामाथि डोजर चलाइएको थियो। यस क्षेत्रमा अवस्थित साख मेटल एण्ड ऐलाइड इन्डष्ट्रिज र नेपाल पेन्ट इन्डष्ट्रिज प्रालिको उद्योगलगायत भौतिक संरचनामामाथि आदेश भन्दै डोजर चलेपछि स्थानीयले आपत्ति जनाएका हुन्।सूर्यविनायक नगरपालिकाले सात दिनभित्र उक्त स्थानबाट उद्योग हटाउन परिपत्र गरेको भए पनि उद्योग हटाउन नसकिने भन्दै उद्योगलाई यथावत् राखिएक