तनहँुको भानु नगरपालिका–९, पुर्कोटमा स्थानीय तथा रैथाने जातका बालीको संरक्षण गर्न स्थापित बीउ बैङ्कमा १५० प्रजातिका बीउ सङ्कलन भएका छन् । लोप हुँदै गएको उन्नत तथा रैथाने बालीको संरक्षण गरी भावी पुस्तामा खाद्यान्नको अभाव हुन नदिन जैविक विविधता संरक्षण समितिमार्फत स्थापना गरिएको बीउ बैङ्कमा १५० प्रजातिका बीउ राखिएको जैविक विविधता संरक्षण समितिका अध्यक्ष विकलराज अधिकारीले बताउनुभयो ।
२०६८ सालमा स्थापित उक्त बीउ बैङ्कमा अन्न बालीतर्फ धान, मकै, गहुँ, कोदो, फापर, जौ, कोसे बालीतर्फ बोडी, भट्ट, मास, राजमा, गहत, केराउ, मस्याङ, बकुल्ला, रहर, सिमीको बीउलगायत संरक्षण गरिएको छ भने तेलहन बालीतर्फ तिल, तोरी, जरे बालीतर्फ पिँडालु, तरुल, आलु, मूला, लहरे तथा तरकारी बालीतर्फ फर्सी, घिरौँला