सुर्खेत : कर्णालीका सबै घरमा पुगेर घरघरमा क्यूआर कोडको स्टिकर टाँसेको कर्णाली प्रहरीले आजदेखि उजुरी दिन उक्त क्यूआर कोड सञ्चालनमा ल्याएको छ। कर्णालीवासीले अन्याय परेको खण्डमा उजुरी दिन प्रहरी कार्यालयमा जानु नपर्ने भएको छ। क्यूआर कोडमार्फत प्रहरीमा उजुरी दिन सक्ने प्रणालीको विकास गरेपछि सर्वसाधारणलाई सहज भएको छ।अब कर्णालीवासीले घरबाटै क्यूआर कोडमार्फत प्रहरीमा उजुरी दिन सक्ने व्यवस्था भएपछि राहत महसुस भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। प्रदेश प्