काठमाडौं, जेठ ९ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट काठमाडौं उपत्यकामा नेपाली कांग्रेस ठूलो दलकारूपमा स्थापित भएको छ। काठमाडौं र ललितपुर महानगरपालिका बाहेक अन्य स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले १२, नेकपा एमालेले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले र नेपाल मजदुर किसान पार्टीले एक/एक स्थानीय तहमा जित निकालेका छन्। कांग्रेस सार्वजनिक भएका काठमाडौंका दस […]