काठमाडौं : नेपाल प्रहरीका प्राविधिक समूहतर्फका दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजीपी)मा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहका एसएसपी डा सञ्जयविक्रम श्रेष्ठ र डा गोपेशकुमार ठाकुरलाई डिआइजीपी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।