यस्तो देखियो बौद्धको रोपाइँ जात्रा, कोभिडका कारण अन्य वर्षहरुभन्दा फरक

काठमाडौं : गाईजात्राको भोलिपल्ट हुने रोपाइँ जात्रा काठमाडौंको बौद्धमा मनाइएको छ। बौद्धमा धुमधामका साथ मनाइने जात्राहरुमध्ये रोपाइँ जात्रा पनि एक हो। यसपालि कोभिडका कारण सर्वसाधारणलाई बौद्ध स्तुपाभित्र जान मनाही थियो। जात्रा गर्नेहरुलाई मात्र बौद्ध स्तुपा प्रवेशको अनुमति दिइएको थियो। बौद्ध स्तुपा परिसर बाहिर भने जात्रा हेर्न आउनेहरुको निकै भिड नै…

सम्बन्धित सामग्री

इलाममा रोपाइँ जात्रा [तस्बिरहरु]

कोभिड १९ का कारण दुई वर्ष रोकिएको परम्परागत रोपाइँ जात्रा बिहीबार इलाममा भव्यरुपमा मनाइएको छ । युवापुस्तामाँझ संस्कृति हस्तान्तरण गर्दै परम्परा थेग्ने उद्देश्यले रोपाइँ जात्रा निकालिएको हो । अघिअघि गोरु, हली र बाउसे अनि पछिपछि रोपारले धान रोपेझैं रोपाइँको झल्को दिने अभिनयले स्थानीयमात्र हैन टाढाबाट आएकालाई पनि मोहित बनाउने गरेको छ ।

कोरोना महामारीका कारण तम्घासमा रोपाइँ जात्रा भएन

१५ भदौ, गुल्मी । कोरोना महामारीका कारण गुल्मीमा यस वर्ष रोपाइँ जात्रा मनाइएन । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विभिन्न कार्यक्रम गरी मनाइने रोपाइँ जात्रा यस वर्ष महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण नगरिएको हो । सदरमुकाम तम्घासमा रहेका विभिन्न क्लब र संघसंस्था मिलेर कार्यक्रमसहित रोपाइँ जात्रा मनाउने गरिन्छ । क्लब तथा मन्दिर व्यवस्थापन समितिले श्रीकृष्णको रथ […]

अन्यत्रको रोपाइँ जुम्लाको चोपाइँ जात्राको रौनक, फोटो

ओखलढुंगा : बुधबार ओखलढुंगामा पनि भव्य रूपमा रोपाइँ जात्रा मनाइएको छ। दिउँसो १ बजेदेखि वर्षात्का कारण कार्यक्रमलाई केही असर गरे पनि टाढाटाढाबाट रोपाइँ जात्रा हेर्न आएका दर्शकहरूले ओखलढुंगा सदरमुकाम बजार भरिएको थियो। जात्रामा सदरमुकामका र विभिन्न पेसा तथा व्यवसायमा आवद्ध रहेर ओखलढुंगामा बसोबास गर्दै आएकाहरूले विभिन्न ...