परम्परागतरुपमै ब्याटिङमा कमजोर नेपालले अहिलेसम्म यति ठूलो लक्ष्य भेट्टाएको इतिहास थिएन । तर, ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले शानदार शतक बनाउँदै नेपाललाई अविस्मरणीय जिततर्फ डोहोर्याए । कप्तान रोहित पौडेलले पनि उत्कृष्ट अर्धशतक बनाएर कुशललाई साथ दिएका थिए ।