संविधानमा लेखेर मात्रै जातीय विभेदको अन्त्य हुदैन : मिश्र

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संविधानमा लेखेर मात्रै विभेदको अन्त्य नहुने स्पष्ट भइसकेको बताएका छन् । पश्चिम रूकुम चौरजहारी घटना सम्बन्धमा आइतबार माइतिघर मण्डलामा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गदै संयोजक मिश्रले संविधानमा लेख्दैमा र आन्दोलन गर्दैमा विभेद अन्त्य नहुने बताएका हुन् ।