‘सामुदायिक शिक्षा बुझेका जनप्रतिनिधि एकजना पनि भेटिनँ’

हो, विद्यार्थी कम र शिक्षक धेरै हुँदा आर्थिक भार पर्छ, तर मर्ज गर्ने नाममा बालबालिकाको पढ्ने अधिकार हननु हुनुहुँदैन । बरु पाँच कक्षासम्म सबै विषय पढाउन सक्ने एक शिक्षक राखौं न । त्यसबापत उनलाई 'इन्सेन्टिभ' दिउँ । त्यसले शिक्षकलाई काम गर्ने ऊर्जा दिन्छ । घर नजिकै पढिरहेका बालबालिकाले पनि टाढाको विद्यालय जान वा पढाइ नै छोड्नुपर्दैन ।