कृषि अनुसन्धान केन्द धनकुटाले मकैको मूल बिउ तयार गर्दै

धनकुटा, माघ २४ । धनकुटाको पाख्रीबासस्थित कृषि अनुसन्धान केन्द्रले मकैको मूल बिउ तयार पार्न थालेको छ । मकै खेती लगाउने सिजन सुरु हुँदै गएपछि केन्द्रले कृषि अनुसन्धान परिषद् नार्कले सिफारिस गरेका मनकामना एक, तीन र चार तथा गणेश एक, अरुण एक र शीतला जातको सेतो र पहेँलो मकैको प्रजजन् र मूलबिउ तयार पार्न थालेको हो […]