तेह्रथुमको प्रदेशसभा (ख) मा माओवादीका दुर्गाप्रसाद चापागाई विजयी

तेह्रथुम – तेह्रथुमको प्रदेशसभा (ख) बाट माओवादीका दुर्गाप्रसाद चापागाई (सचिन) विजयी हुनुभएकाे छ । नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङवालाई २ सय ९४ मतले पछि पार्दै चापागाई निर्वाचित हुनुभएकाे हाे । चापागाईले  ८ हजार ३ सय ९४ मत प्राप्त गर्नुभयाे भने एमालेका उम्मेदवार कन्दङवाले ८ हजार १ सय मत प्राप्त गर्नुभयाे । तेह्रथुम-आठराई गाउँपालिका ५ छातेढुंगाका ३९ वर्षीय चापागाई १७ वर्षको उमेरमै माओवादी लडाकु बन्नुभएकाे हाे । २०५२ सालदेखि नै माओवादी राजनीतिमा लाग्नुभएका चापा...