पार्टी एकताभन्दा बाहिर जाने अनुमति कसैलाई छैन - दुवै पक्षका सांसद (एमाले)

काठमाण्डाै – नेकपा एमालेका दुवै पक्षका सांसदले पार्टी एकताका लागि दबाब अभियान सुरु गरेका छन । १० बुँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकताबद्ध बनाउन विघटित पार्टी एकता कार्यदलका नेतासँग एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले संयुक्त रूपमा दबाब दिन सुरु गरेका हुन् । आइतवार सिंहदरबारमा विघटित कार्य दलका संयोजक तथा सदस्यसँग भेट गरी उनीहरूले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउन आफूहरूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पार्टी एकतालाई मजबु...