राधी विद्युत कम्पनीको हकप्रद बाँडफाँड, १३ लाख कित्ताको लागि आवेदन परेन

राधी विद्युत कम्पनीले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार बिहिबार शेयर बाँडफाँड गरिएको हो ।हकप्रदमा रितपूर्वक आवेदन दिने ३८ हजार ५ सय ५ जना शेयरधनीलाई ८२ लाख ३५ हजार २ सय ३३ कित्ता शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । कम्पनीले असोज ५ गतेदेखि असोज २५ गतेसम्म हाल कायम चुक्ता पुँजीकाे १:१.४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियो। हकप्रद शेयर बाँडफाँड भएसँगै बिक्रि नभएको १३ लाख ५ सय २७ दशमलव ९९ कित्ता शेयर लिलाममा आउने छ ।   आफ्नो कायम हक भन्दा बढी शेयर माग गरि दरखास्त दिने आवेदकहरूको हकमा बाँडफाँडमा नपरेका हकप्रद शेयर वापतको रकम कार्तिक २० गते आइतबार देखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरुका बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ । आफ्नो खातामा रकम जम्मा भए नभएको एकिन गर्नु समेत क्यापिटलले आग्रह गरेको छ।कम्पनीले हकप्रद प्रयोजनका लागि भदौ १२ गते एक दिन बुकक्लोज गरेकाे थियाे । त्यसैले, भदाै १० गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्ने ब्यबस्था थियो।

सम्बन्धित सामग्री

राधी विद्युत कम्पनीको हकप्रद भर्ने आज अन्तिम दिन

राधी विद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज असोज २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज ५ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।कम्पनीले हाल कायम चुक्ता पुँजीकाे १:१.४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता कित्ता हकप्रद सेयर निष्कासन गरेकाे हाे ।कम्पनीले हकप्रद प्रयोजनका लागि भदौ १२ गते एक दिन बुकक्लोज गरेकाे थियाे । त्यसैले, भदाै १० गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा असोज २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।