काठमाडौं : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शिष्टाचार भेटवार्ता भएको छ।शुक्रबार मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको सम्वन्ध र एक आपसमा भइरहेको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको छ।भेटमा मन्त्री श्रेष्ठले नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध विस्तार भएको ६ दशकभन्दा लामो समयमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्रीपूर्ण सम्बन्ध प्रगाढ भएको र द्विपक्षीय सम्बन्ध विकासका विभिन्न विधासँगै सहयोगका क्षेत्रमा विस्तार भएको बताइ